बाँके राष्ट्रिय निकुञ्जमा सेनाको नयाँ अवधारणा

बाँके राष्ट्रिय निकुञ्जमा सेनाको नयाँ अवधारणा

नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनको निम्ति नयाँ अवधारणा ल्याएको छ । सेनाले ‘टुर दि बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्न लागेको छ ।

नेपालगन्जको राँझास्थित नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन गर्न लागिएको बताइएको छ । उक्त ब्यारेकका प्रमुख सेनानी दीपक गुरुङले बाँके राष्ट्रिय निकुञ्जलाई साइकल यात्रामार्फत व्यापक प्रचारप्रसार गर्न लागिएको बताए । 

मंसिर १५ गते शनिबार बिहान ‘टुर दि बाँके नेसनल पार्क’ कार्यक्रम अन्तर्गत १६ किलोमीटर दूर पार गरिँदैछ । कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेत तथा बुटवलका करिब एकसय साइकल यात्रीको सहभागिता हुने अनुमान छ ।

टिप्पणीहरू