थप २० मिटर मापदण्डविरुद्ध फेरि विरोध हुँदै
काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने मापदण्ड खारेजीका लागि स्थानीयले फेरी विरोध प्रदर्शनको तयारी गरेका छन् ।
'गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समिति'ले प्रदर्शन गर्न लागेको हो । आउँदो बिहिबार बिहान ९ बजे कुपण्डोल पुलमुनि जम्मा भई थापाथली हुदैँ माइतीघर मण्डला पुगेर प्रदर्शन गर्ने समितिले जनाएको छ ।
२०६५ मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका नदी, खोला आसपास संरचना निर्माण गर्दा अनिवार्य २० मिटर छोड्नुपर्ने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतको गत पुस २ गतेको थप अर्को २० मीटर छाड्नुपर्ने फैसला र उक्त फैसला कार्यान्वयनका लागि काठमाडौँ महानगरले निकालेको सूचनाविरुद्ध स्थानीय र सरोकारवालाहरु निरन्तर आन्दोलित छन् ।
फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावलोकनको निवेदनसमेत दिएको छ ।
टिप्पणीहरू