श्रीमानहरु कोही हिमाली जिल्लातिर, केही मधेश र पहाडमा

श्रीमानहरु कोही हिमाली जिल्लातिर, केही मधेश र पहाडमा

उच्च अदालतका तीन न्यायाधीशसहित एक दर्जन जिल्ला न्यायाधीशको सरुवा भएको छ । न्याय परिषद्को बैठकले उच्चका तीन र जिल्लाका ११ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । 

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र तुलसीपुरकी रेखा थापा पाण्डेलाई विराटनगर पुर्याइएको छ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा खटाउन सिफारिस गरिएको छ ।

यस्तै, जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश शंकबहादुर राईको कास्कीमा सरुवा भएको छ । जुम्लाका न्यायाधीश राजेशकुमार कटुवाललाई तनहुँ लगिएको छ भने काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरे जाजरकोट पुगेका छन् । 

सुनसरी जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्याललाई रुपन्देही र दाङका न्यायाधीश मनोजकुमार श्रीवास्तव धनुषालाई धनुषा खटाइएको छ । दाङमा जिल्ला अदालत धनुषाकी न्यायाधीश रोमाकान्त ज्ञवालीको सरुवा भएको छ ।

मुगुका न्यायाधीश रामानन्द्रप्रसाद अधिकारीको नवलपरासी सरुवा भएकाले त्यहाँ मीनबहादुर कुँवर आएका छन् । जिल्ला अदालत तनहुँमा कार्यरत न्यायाधीश चन्द्रकुमार पोखरेललाई सोलुखुम्बु लगिएको छ । यसैगरी, सिरहाका न्यायाधीश आनन्दराज पन्तलाई जुम्ला र रुपन्देहीका न्यायाधीश निलकण्ठ बराललाई सुर्खेत खटाइएको छ ।

टिप्पणीहरू