एनआरएनएका उपमहासचिवको नेतृत्वमा आरजू म्याडमविरुद्ध नाराबाजी
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बेल्जियममा विरोध प्रदर्शन गरिएको छ । नेदरल्याण्डसको हेग हुँदै ब्रसेल्स पुग्नुभएकी मन्त्रीलाई बुधबार उपमहासचिव राजेन्द्र कार्कीलगायतले विभिन्न नारा लेखिएको प्लेकार्ड देखाएर विरोध जनाएका हुन् ।
परराष्ट्रमन्त्रीलाई प्लेकार्ड देखाएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपत्ति जनाएको छ । उपमहासचिव राजेन्द्र कार्कीको संलग्नता रहेको संघको भनाई छ । संघको विधान र भावना विपरीत उक्त कार्य गरिएकोमा खेद जनाइएको छ ।
एनआरएनए बेल्जियम महासचिव रुविना शर्माले नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यक्रममा भाग लिन जाँदा मन्त्रीविरुद्ध गरिएको विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरुमााथि आवश्यक अनुशासनको कारबाही गर्न आग्रह गरिएको छ ।
उक्त प्रदर्शन नेपालीद्वारा सञ्चालित अवैध रेष्टुरेन्ट अगाडि गरिएको बताइएको छ ।
टिप्पणीहरू