अभिमुखीकरणमा अबदेखि आईरिस प्रणाली

अभिमुखीकरणमा अबदेखि आईरिस प्रणाली

रोजगारीका लागि विदेश जानेहरुको अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एण्ड आईरिस रिकोग्रेसन प्रणाली’ लागू गरिने भएको छ । 

वैदेशिक रोजगार विभागले आगामी पुस ३ गतेदेखि सो प्रणाली संचालन गर्न लागेको जानकारी गराएको हो । काम गर्न विदेश जानेहरुको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमा हाजिरी गरिँदै आएको छ ।           

बायोमेट्रिक हाजिरी मेशिन दुरुपयोग गरी नक्कली हाजिरी गर्ने गरेको पाइएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । सोहीअनुसार विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने भनेपनि प्राविधिक समस्याका कारण स्थगित गरिएको थियो । 

विभागले पुस ३ गतेदेखि भने आइरिस सिस्टम प्रयोग गर्न सकिने जनाएको छ । 

सूचनामा उल्लेख छ, ‘अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले ‘फेसटाइम एटेन्डेन्स एण्ड आईरिस रिकोग्रेसन प्रणाली’ मन्त्रालयको मिति २०८१–०४–२९ गते (माननीय मन्त्रीस्तर) निर्णय कार्यान्वयन गर्न मिति २०८१–०९–०३ गतेदेखि अभिमुखीकरण तालिमको नयाँ ब्याच क्रियट गर्दा आईरिस रिकोग्रेसन सिस्टममार्फत प्रयोग गर्न जानकारी गराइन्छ ।’
 

टिप्पणीहरू