विद्युत नियमन आयोग विवाद समाधानसम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार

विद्युत नियमन आयोग विवाद समाधानसम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार
सुन्नुहोस्

विद्युत नियमन आयोगले ‘विद्युत नियमन आयोग विवाद समाधानसम्बन्धी विनियमावली, २०८१’ को मस्यौदा तयार पारेको छ । विद्युतीय प्रणालीमा खुला पहुँचको व्यवस्था तथा उत्पन्न विवाद समाधान गर्ने उद्देश्यका साथ आयोगले उक्त मस्यौदा तयार पारेको जनाएको छ । आयोगले मस्यौदाउपर कुनै राय, सुझाव वा टिप्पणी भएमा आगामी ३० दिनभित्र पठाउन अनुरोध गरेको छ ।

‘विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ को खण्ड (ञ) मा व्यवस्था भएको विद्युतीय प्रणालीमा खुला पहुँचको व्यवस्था तथा ऐनको दफा १८ बमोजिम विवाद समाधान गर्नेसम्बन्धी कानूनी व्यवस्था कार्यान्वयनका लागि ऐनको दफा ४२ ले प्रदान गरेको अधिकार प्रयोग गरी आयोगले तयार गरेको विद्युत नियमन आयोग विवाद समाधानसम्बन्धी विनियमावली, २०८१ (मस्यौदा) सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालाहरुको राय, सुझाव, टिप्पणीको लागि सार्वजनिक गरिएको छ,’ सूचनामा उल्लेख छ ।    
 
मस्यौदा आयोगको आधिकारिक वेबसाइटमा राखिएको छ । सानो गौचरणस्थित आयोगको कार्यालय वा इमेल ठेगानामा आइपुग्ने गरी तोकिएको समयावधिभित्र मस्यौदाउपर आफ्नो रायसुझाव उपलब्ध गराउन भनिएको छ ।

टिप्पणीहरू