भूकम्प दिवसको मूल समारोह कीर्तिपुरमा

भूकम्प दिवसको मूल समारोह कीर्तिपुरमा

२७औं भूकम्प दिवसको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना गरिने भएको छ । 

हरेक वर्षको माघ २ गते मनाइने दिवसको मूल समारोह यसवर्ष कीर्तिपुर नगरपालिकामा गर्ने तय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले कार्यक्रमको लागि नारा तय गरेको छ ।

‘भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीको साथ’ मूल नारा रहेको प्राधिकरणको भनाइ छ । 

बैठकले सुरक्षा दिवसको अवसरमा देशव्यापी सचेतना एवं पूर्वतयारीसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न प्रदेश, स्थानीय तह र संघसंस्थाहरुलाई आग्रह गरेको छ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, गृहसचिव गोकर्णमणि दुवाडी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू