चुरो कुरोमा ध्यान दिन माननीयहरुलाई लोकसेवा आयोगको आग्रह

चुरो कुरोमा ध्यान दिन माननीयहरुलाई लोकसेवा आयोगको आग्रह
सुन्नुहोस्

लोकसेवा आयोगले संसदीय समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकको चुरो कुुरोमा ध्यान दिन माननीयहरुको ध्यानाकर्षण गराएको छ । आयोगले कर्मचारीहरुको जथाभावी सरुवाले प्रशासनिक समस्या उत्पन्न भएको जनाउँदै त्यसले स्थायी सरकारको रुपमा चिनिने निजामती प्रशासनमा अस्थीरता निम्तिएको उल्लेख गरेका छ ।

प्रतिनिधि सभाको राज्यव्यवस्था समितिलाई दिएको कर्मचारी सरुवा सम्बन्धी सुझावमा तहगत रुपमा वर्ष तोकिदिन आग्रह गरेको छ । जसअनुसार सचिवलाई कम्तीमा एक वर्ष, सहसचिवलाई दुई वर्ष र उपसचिवको तीन वर्षमा मात्र सरुवा गर्नुपर्ने आयोगको माग छ ।

त्यसैगरी शाखा अधिकृतलाई चार र राजपत्र अनंकितलगायत कर्मचारीलाई पाँच वर्षमा एक पटक मात्र सरुवा गर्नुपर्ने देखिन आएको हो । आयोगले सांसदहरुलाई निजामतीमा सेवा प्रवेशको क्रममा मात्रै समावेशी अवसर दिनुपर्ने अडान राखेको छ । भनिएको छ, ‘सहायक र अधिकृत तहमासमेत एक–एक पटक मात्रै समावेशीतर्फ अवसर दिनुपर्छ ।’

टिप्पणीहरू