सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी समाचारमा अख्तियारको चासो

सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी समाचारमा अख्तियारको चासो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म प्रकाशित ‘सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी’ समाचार, लेख रचना आगामी माघ १३ गतेसम्म पठाइदिन आग्रह गरेको छ । आगामी माघ २८ गते स्थापना दिवसका अवसरमा सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याएका उत्कृष्ट समाचार तथा लेख रचनालाई पुरस्कृत गर्ने आयोगको तयारी छ ।

गत आर्थिक वर्षको माघदेखि चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रकाशित त्यस्ता समाचार तथा लेख रचना नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने, न्यूनतम सात सय शब्दको हुनुपर्छ । समाचारको हकमा शब्द सीमा तोकिएको छैन । दुई वा सोभन्दा बढी व्यक्तिले संयुक्त रुपमा लेखेको समाचार तथा लेख रचनालाई मूल्याङ्कन प्रक्रियामा समावेश नगरिने आयोगले जनाएको छ । 

एक जनाले बढीमा तीन वटासम्म समाचार र लेख रचना पठाउन सक्ने छन् । समाचार प्रकाशन तथा प्रशारण भएको सञ्चार संस्था कानूनबमोजिम नवीकरण, अद्यावधिक भएको हुनुपर्ने र प्रकाशित समाचार पत्रकार आचारसंहिता र राष्ट्रिय आमसञ्चार नीति, २०७३ बमोजिम कारबाही नपरेको हुनुपर्छ ।
 

टिप्पणीहरू