नौ जना सचिवको जिम्मेवारी हेरफेर
निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत (सचिव) हरूको जिम्मेवारी हेरफेर गरिएको छ । शुक्रबार रातिको क्याबिनेट बैठकले गरेको नौ जना सचिव सरुवाको निर्णय आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालय पठाएर त्यहाँ कार्यरत लक्ष्मीकुमारी बस्नेतलाई मन्त्रालय लगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी निर्वाचन आयोगमा पुगेका छन् । उनको ठाउँमा आयोगका सचिव रविलाल पन्थलाई पठाइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई महालेखा नियन्त्रक कार्यालयमा खटाइएको छ ।
त्यसैगरी, प्रधानमन्त्री कार्यालयका सचिव डा. कृष्णहरि पुष्कर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा हुँदा श्रमका मुकुन्दप्रसाद निरौला सार्वजनिक खरिद अनुगमन कार्यालय लगिएका छन् । महालेखा नियन्त्रक कार्यालयका विनोदप्रकाश सिंह पर्यटनमा पुगेका छन् ।
टिप्पणीहरू