टुँडिखेलमा माघी, सडकमा झाँकी

टुँडिखेलमा माघी, सडकमा झाँकी
सुन्नुहोस्

काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरिएको छ । थारू कल्याणकारी सभाले आयोजना गरेको कार्यक्रमअघि र्याली निकालिएको छ । 

थारू कल्याणकारी सभाका अध्यक्ष नन्दुराज चौधरीको नेतृत्वमा निकालिएको र्याली वसन्तपुर, न्यूरोड, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, सुन्धारा हुँदै मूलसमारोहस्थल टुँडिखेल पुगेको छ ।

थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । थारु समुदायले यो पर्व हिजोदेखि पाँच दिनसम्म मनाउँछन् । सूर्य आजदेखि पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने भएकाले पनि हिन्दु धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने गरेका हुन् ।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू