प्रस्तावित न्याय परिषद् सदस्य खड्काविरुद्ध उजुरी आह्वान

प्रस्तावित न्याय परिषद् सदस्य खड्काविरुद्ध उजुरी आह्वान

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काविरुद्ध उजुरी आह्वान गरिएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । 

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा नाम, थर र वतन गोप्य रहनेछ । 

समितिको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्‌बाट समितिसमक्ष आएको बताइन् । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए समितिसमक्ष दिने प्रयोजनका लागि उक्त सूचना सरकारी सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्न प्रस्ताव बैठकले पारित गरेको छ ।

समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आज स्थगित गरिएको छ ।
 

टिप्पणीहरू