‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन

‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन

‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन गरिएको छ । भोजपुरको टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक गणेश बज्राचार्यद्धारा लेखित एवं सम्पादित उक्त पुस्तक आज राजधानीमा विशेष कार्यक्रम आयोजना गरेर विमोचन गरिएको छ । 

गौशाला पिङ्गलास्थानस्थित विष्णु सदनमा आयोजित कार्यक्रममा सरकारका पूर्वसचिव एवं गीतकार शंकरप्रसाद कोइरालाले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा समेटिएका सामग्रीले इतिहासमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र पाठकहरुका लागि ‘आँखीझयाल’ को काम गर्ने उनले बताए ।

कार्यक्रममा इतिहारकारद्वय दिनेशराज पन्त र नृसिंह खत्री, कवि श्याम तमोट र पूर्वप्रधानाध्यापक चन्द्र उदासले पुस्तकको महत्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरे । पुस्तकले खिकामाछा टक्सारको ऐतिहासिक र सांस्कृतिक पक्ष उजागर गर्दै ऐतिहासिक अध्ययनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

टिप्पणीहरू