काठमाडौँमा भेला हुँदै ३६ मुलुकका कानुनकर्मी

काठमाडौँमा भेला हुँदै ३६ मुलुकका कानुनकर्मी
सुन्नुहोस्

‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ फागुनमा हुने भएको छ । नेपाल बार एशोसिएशनले आज पत्रकार सम्मेलन गर्दै आगामी फागुन ३ देखि ५ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो । 

बारको आयोजनामा हुने उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । उनका अनुसार सम्मेलनमा ल एशियाका सदस्य तथा गैरसदस्य समेत गरी ३६ भन्दा बढी देशका तीन सयबढी प्रतिनिधि सहभागी हुनेछन् । 

‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चूनौतीहरुको सामना’ भन्ने मूल विषयवस्तुमा सम्मेलन केन्द्रीत रहने बारले जनाएको छ । सम्मेलन संवाद र सहकार्यको निम्ति एक महत्त्वपूर्ण मञ्च हुने उसको विश्वास छ । 

‘ल एसिया’ एसिया प्रशान्त क्षेत्रका ३६ भन्दा बढी देशका न्यायाधीश, विज्ञ र कानुन व्यवसायीको पेसागत संगठन हो । यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा पेशामा लागेकाहरुको पक्षमा वकालत गर्दै आएको छ ।

टिप्पणीहरू