दुई देशको राष्ट्रगान लेख्दा पनि जसले जश पाएनन्
हो चि मिन्ह घागडान कम्युनिष्ट क्रान्तिकारी हुन् । उनलाई माक्र्स, एंगेल्स, लेनिन र स्तालिनले कोरेको साम्यवादको गोरेटोमा भियतनामी संस्करण मानिन्छ । माओत्सेतुङभन्दा ३ वर्ष जेठा उनी कम्युनिष्ट गतिविधिमा भने एउटै समयमा लागे । दुवैजना क्रमशः भियतनामी र चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक थिए । हो चि मिन्ह त फ्रान्सिसी कम्युनिष्ट पार्टीको पनि संस्थापक थिए । उनी विश्वमा सादा जीवन उच्च विचारका धनीको रूपमा प्रख्यात छन् । भियतनामको प्रथम प्रधानमन्त्री र प्रथम राष्ट्रपति हुन् ।
होका बुबा न्गुयन सिन्ह साक कन्फ्युसियस दर्शन पढाउने शिक्षक थिए । त्यसबेला भियतनाम फ्रेञ्च इन्डोचीनको भूभाग थियो भने इन्डोचीन फ्रान्सको उपनिवेश । उनी सानै थिए । परीक्षामा अनुत्तीर्ण भए । साथीहरू सबैले खिसी गरे । दुःखी हुँदै घर पुगे र कसैसँग नबोली बसे । न खाए, न पिए । आमाबुबाले एउटा परीक्षामा फेल हुँदैमा त्यति धेरै उदास हुन आवश्यक नभएको भनी सम्झाए । तर, मन मानेन । मानसिक अशान्ति र निराशाले गर्दा निद्रा पनि लागेन । मध्यराति आत्महत्या गर्ने मनशायसहित घरबाट हिँडे । बाटोमा एउटा बौद्ध गुम्बाबाट आवाज निस्किरहेको थियो । उत्सुकतावश त्यहाँभित्र छिरे । भित्र एक जना भिक्षु भन्दै थिए, ‘पानी मैलो किन हुँदैन ? किनकि त्यो बगिरहन्छ ।
पानीको मार्ग किन अवरुद्ध हुँदैन ? किनभने त्यो अवरोधलाई पनि नाघेर बग्छ । पानीको एक थोपा खस्दैमा नदी, नदीबाट महानदी र महानदीबाट समुद्र किन बन्छ ? किनकि त्यो बगिरहन्छ । त्यसैले मेरो जीवन ! तिमी नरुक, बगिरहु । जीवनमा कहिलेकाहीँ असफल भइन्छ तर यसबाट नडराऊ । त्यसलाई नाघेर दोब्बर मिहिनेत गर । बगिरहने र चलिरहने नै जीवन हो । असफलताबाट डराएर अघि बढ्न छाडेमा सड्न थाल्छ, जसरी जमेको पानी सड्न थाल्छ । निरन्तर अघि बढ्दै गए आउने दिनमा पहिला असफल भएको काम पनि सफलतामा रूपान्तरित हुन सक्छ ।’
बालक हो भिक्षुको कुरो सुनेर सोचमग्न भए । प्रण गरे कि अब जति असफल भए पनि अघि बढ्न छाड्ने छैन । यति कुरो दिमागमा पसिसकेपछि घर फर्के । उनै बालक पछि भियतनामी क्रान्तिको महानायक बने । फ्रान्स र अमेरिकाजस्तो शक्तिशाली मुलुकसित लडे । छापामार युद्धमार्फत मुलुकलाई स्वतन्त्र पार्न सफल भए । सन् १९५८ को फेब्रुअरीमा हो चि मिन्हले भारत भ्रमण गर्दा प्रधानमन्त्री पद अरुलाई हस्तान्तरण गरिसकेका थिए भने सन् १९४५ देखि त राष्ट्रपति नै थिए । जवाहरलाल नेहरूले होलाई एक महान् क्रान्तिकारी भन्दै स्वागत गरे । भियतनाममा अमेरिकी हस्तक्षेपको निन्दा गरे । होको सरल जीवनको उच्च प्रशंसा गरे । हो राष्ट्रपति हुँदा पनि दुइटा कोठा मात्र भएको छाप्रोरूपी सानो घरमा बस्थे । उनको सेवामा मात्र एक जना कर्मचारी खटिएको हुन्थ्यो ।
हो लेखक, पत्रकार, कवि र बहुभाषी थिए । उनको सम्मानमा दिल्लीमा स्वागत कार्यक्रम आयोजना गरिएको थियो । समारोहमा पञ्जावी कवियत्री अमृता पृतम पनि थिइन् । नेहरूले अमृतालाई एक उच्चकोटीको पञ्जावी कवियत्री भनेर परिचय गराए । परिचय सुनेपछि होले भने ‘हामी दुवैजना सिपाही हौँ । विश्वको गलत मूल्यमान्यताविरुद्ध लड्दैछौँ । फरक यति मात्र हो कि म तरबारबाट, तपाईंं कलमबाट ।’
भारतमा शासन गरिरहेको ब्रिटिश सरकारले उनलाई ‘सर’ उपाधि प्रदान गरेको थियो । यसबीच, सन् १९१९ मा राजनीतिक अवस्था फेरियो । भारतीयमा नयाँ जोश पैदा भयो, औपनिवेशिक सरकारविरुद्ध गतिविधि तीव्र बनाए । उनीहरूको जोशलाई कुल्चन ब्रिटिश सरकारले दमन शुरु ग¥यो । अत्याचार थाल्यो । पञ्जावस्थित स्वर्णमन्दिर नजिकको एउटा बगैंचा ‘जलियाँंवाला बाग’ मा १३ अप्रिलको दिन एउटा विरोधसभा आयोजना हुँदै थियो । अंग्रेज सैन्य अधिकृत जनरल डायरको आदेशमा सेनाले अन्धाधुन्द गोली चलायो । ४ सयभन्दा बढीको मृत्यु भयो भने २ हजारभन्दा बढी घाइते भए । मारिनेमा ६ महिनाको एउटा शिशुसहित ४१ जना नाबालिग केटाकेटी थिए ।
भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा ‘जलियांँवाला बाग हत्याकाण्ड’ को नामबाट कुख्यात उक्त घटनाले टैगोरको मन साह्रै पोल्यो । घटनाको विरोधस्वरूप ‘सर’ उपाधि फिर्ता गरिदिए । साथै, भाइसरायको नाममा पत्र लेखेर आफूलाई दिइएको सम्मान र भारतीयमाथि गरिएको अत्याचारबीच कुनै मेल नखाएको भन्दै अपमान र अत्याचार सहन बाध्य जनतासँग रहने जानकारी दिए ।
भनिन्छ, देशभक्तिले ओतप्रोत पत्र पढेर तत्कालीन अंग्रेज भाइसराय लर्ड चेलम्स्फोर्डले पनि टैगोरको प्रशंसा गरेका थिए । धेरै इतिहासकार उनीद्वारा लिखित ‘जन गण मन’ को स्थानमा बकिंमचन्द्र चटर्जीद्वारा लिखित ‘बन्दे मातरम्’ लाई भारतको राष्ट्रिय गीत हुनुपर्ने तर्क राख्छन् । प्रधानमन्त्री नेहरूको दबाबमा ‘जन गण मन’ राष्ट्रिय गान बनाइएको दाबी गर्छन् । धेरैले ‘जन गण मन’ गान टैगोरले ब्रिटिश सम्राट् जर्ज पञ्चम् र रानी मेरीको सम्मानमा लेखेको बताउँछन् । त्यहाँको सुप्रिम कोर्टका पूर्वन्यायाधीश मार्कण्डेय काट्जूले त टैगोर बेलायती कठपुतली भएको ठोकुवा नै गरेका छन् । उनको भनाइमा उक्त गीत टैगोरले अंग्रेज सम्राट् र साम्राज्ञीको चाप्लुसी गर्न लेखेका थिए । जर्ज पञ्चम र रानी मेरीले सन् १९११ को डिसेम्बरमा भारत भ्रमण गरेका थिए । टैगोरले उक्त गीत ब्रिटिश सरकारी अधिकृतको अनुरोधमा दिल्ली दरबारमा आयोजित स्वागत कार्यक्रमका लागि लेखेको भए पनि कुनै कारणवश त्यसदिन गाइएन । उक्त कुरोको खुलासा एउटा पत्रिकामा एक जना अंग्रेज लेखकले गरेका थिए ।
साथै, यो पनि भनिन्छ कि, सन् १९०७ देखि १९१० को बीचमा लेखिएको उनको कृति ‘गीताञ्जली’ लाई सन् १९१३ मा साहित्य विधामा दिइने नोबेल पुरस्कार दिलाउनमा ब्रिटिश चित्रकार विलियम रोथेनस्टिन र मसहुर कवि विलियम बट्लर यिट्सको ठूलो योगदान छ । उक्त कविता संग्रहमा प्रस्तावना लेखन नै यिट्सको छ । त्यति मात्र होइन, उक्त कृति पहिलो पटक बेलायतमै प्रकाशन गरिएको थियो । समालोचकहरू उक्त कृति अंग्रेजी भाषामा अनुवाद नगरेको भए र प्रकाशन लण्डनबाट नगरिएको भए टैगोर नोबेल पुरस्कारको हकदार बन्ने नै थिएनन् भन्ने गर्छन् ।
टिप्पणीहरू