महानगरको चेतावनी कागजमै सीमित !

महानगरको चेतावनी कागजमै सीमित !

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । महानगरभित्रका सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरिएको जनाउँदै कोही कसैले त्यस्तो कार्य गरेमा पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने बताइएको छ । 

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ अथवा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्यले शहर फोहोर र दुर्गन्धित भएको महानगरको भनाइ छ । महानगरद्वारा आज जारी सूचनामा लेखिएको छ, ‘यस्ता कार्यहरु कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) बमोजिम पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत् जानकारी गराइन्छ ।’

काठमाडौंका सडक तथा गल्लीमा देखिने फोहोरले महानगरको त्यस्ता सूचनाको प्रभावकारितामाथि नै प्रश्न चिन्ह लगाइदिएको स्थानीयको बुझाइ छ ।

टिप्पणीहरू