बालबालिकाको लागि - बाबा कतारमा, आमा हतारमा

बालबालिकाको लागि - बाबा कतारमा, आमा हतारमा
सुन्नुहोस्

साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले निकालेको कविता सञ्चयन ‘बाबा कतारमा,आमा हतारमा’ भित्र २८ कविता अटेका छन् । कवितामा दीपमाला महर्जनको आवरण र चित्र रहेको छ।

बालमनोविज्ञानलाई नयाँ बिम्ब,प्रतीकमार्फत् अभिव्यक्त गर्दै विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन,विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् । 

कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने, ‘कविता संग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ,सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि उनका गजल संग्रह तिम्रो मन फर्किएन (२०६०),दुई बालकविता सञ्चयन चील उड्यो आकाशमा (२०७१) र  साइकल (२०७९) प्रकाशित छन् ।

टिप्पणीहरू