कुम्भमेलामा भागदौड, धेरैजना हताहतको आशंका

कुम्भमेलामा भागदौड, धेरैजना हताहतको आशंका
सुन्नुहोस्

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड मच्चिएको छ । गएराति साढे १ बजे भएको भागदौडमा धेरैको ज्यान गएको आशंका छ । 

दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने आकलन गरिएपनि स्थानीयल प्रशासनले केही बताएको छैन । आज हिन्दू धर्मावलम्बहिरुले मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा अमृतस्नानको तयारी गरिरहँदा त्यहाँ भागदौड मच्चिएको हो । 

भागदौड के कारणले मच्चिएको थियो भन्नेबारे परस्परविरोधी समाचारहरु आइरहेका छन् । उक्त मेलामा नेपालबाट पनि धेरै हिन्दु धर्मावलम्बी स्नान गर्न गएका छन् ।

टिप्पणीहरू