सेनाको कोषमा पैसा भरिभराउ

नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात छ ।
बाँकी सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनामा लगानी गरिएको बताइयो । त्यस्तै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी गरिएको हो ।
सेनाले २०३२ सालमा एक करोड २४ लाख रुपैयाँबाट यो कोषको स्थापना गरेको थियो ।
टिप्पणीहरू