खानेपानी मन्त्री फेरि भारत जाँदै

खानेपानीमन्त्री प्रदीप यादव भारत जान लागेका छन् । उनी पछिल्लो दुई सातामा दोस्रो पटक नयाँ दिल्ली जान लागेका हुन् ।
यादव आज बिहान १० बजे एअर इण्डियाको उडानमा काठमाडौंबाट त्यता जाने कार्यक्रम रहेको छ । उनी फागुन तेस्रो साता पनि गएका थिए । थापाथलीमा मेलम्ची खानेपानीको पाइपलाइन फुटेपछि मन्त्री यादवले उतैबाट तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका थिए ।
आजै एमाले नेता तथा पूर्वमन्त्री पदम गिरी थाइल्याण्ड जान लागेका छन् । उनी दिउँसो साढे १ बजे थाइ एअरवेजको उडानमा काठमाडौंबाट बैंकक जाने बताइएको छ । मन्त्री यादव र पूर्वमन्त्री गिरीको पछिल्लो विदेश यात्राबारे थप जानकारी दिइएको छैन ।
टिप्पणीहरू