सिंहदरबारको निर्देशनमा प्रभावकारी अनुगमनको अभाव

सिंहदरबारको निर्देशनमा प्रभावकारी अनुगमनको अभाव

सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै अनिवार्य रुपमा निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उक्त निर्देशिका गत पुस पहिलो साताको क्याबिनेट बैठकले स्वीकृत गरेको थियो । निर्देशिकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम उपभोग गरी स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्था तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्ने र सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ । 

सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोशाक लगाउनुपर्ने, कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने र कार्यक्रम, गोष्ठी वा सेमिनारमा आवश्यक पर्ने वस्तु पनि स्वदेशी उत्पादन हुनुपर्ने व्यवस्था गरिएको छ । तर, उक्त निर्देशन कार्यान्वयन नभएको सम्बन्धमा अनुगमन गर्ने प्रभावकारी प्रणाली नभएकाले सरकारको पछिल्लो निर्णय व्यवहारमा लागु हुनेतर्फ धेरैको आंशका छ ।

टिप्पणीहरू