चक्रपथ बाहिरका धेरै स्थानमा दिनभर बिजुली अवरुद्ध हुँदै

चक्रपथ बाहिरका धेरै स्थानमा दिनभर बिजुली अवरुद्ध हुँदै
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंको बलम्बु र जोरपाटी वितरण केन्द्रका धेरै स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडर र सतुङ्गल फिडरअन्तर्गतका कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा बत्ति अवरुद्ध हुने छ । 

‘कन्डक्टर अपग्रेडिङ’का लागि सो क्षेत्रमा केही घण्टा बिजुलीको लाइन काट्न लागिएको हो । 

त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बिजुली काटिनेछ । मूलपानी पिपलबोटमा तार तान्न लागिएकाले बिजुली अवरुद्ध हुन लागेको हो ।

मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि बिजुली अवरुद्ध हुँदै छ ।

साँखु फिडरको नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन अवरुद्ध हुने जनाइएको छ ।

टिप्पणीहरू