इलोन मस्कको स्याटलाइट इन्टरनेट भुटानमा शुरु,भारतमा समझदारी

इलोन मस्कको स्पेसएक्सले भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा थालेको छ । उक्त कम्पनीले भारतमा पनि त्यहाँका दुई वटा दूरसञ्चार सेवा प्रदायकसँग समझदारी भैसकेको जनाएको छ ।
भारतमा एअरटेल र रिलायन्स जिओले स्पेसएक्सले समझदारी गरेका हुन् । यसबारे दुबै कम्पनीले औपचारिक जानकारी दिइसकेका छन् । तर स्टारलिंकले भारतीय नियामक निकायबाट सेवा सञ्चालनको अनुमति भने पाएको छैन ।
भारतीय अधिकारीहरुले स्टारलिंकको स्याटलाइट सेवालाई लिएर सुरक्षा चिन्ता जनाइसकेका छन् । स्टार लिंकले पाकिस्तानमा पनि नियामक निकायको अनुमति लिन मात्रै बाँकी रहेको दाबी गरेको छ ।
स्पेसएक्सले नेपालमा स्याटलाइट इन्टरनेट सेवा चलाउनेबारे चासो व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ७ गते मस्कसँग ‘भर्चुअल’ कुराकानी गर्नुभएको थियो । नेपालले हालसम्म यसबारे केही बताएको छैन ।
उत्तरी छिमेकी चीन स्पेसएक्सको उक्त सेवाबारे सशंकित छ । मुलुकको आन्तरिक सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै चीनले स्याटलाइट इन्टरनेट सेवाबारे विभिन्न आशंका गरेको पाइन्छ ।
टिप्पणीहरू