पाङ्ग्रा खसाल्नेमा बुुध्द एअरलाई गुरु मान्दै पिआईए

नेपाली बुध्द एअरको विमानले अगाडिका दुई वटा पाङ्ग्रामध्ये एउटाको भरमा अवतरण गरेको सिको पाकिस्तान इन्टरनेशनल एअरलाइन्सको बिमानले टिपेको छ ।
गत बिहिबार लाहोर विमानस्थलमा कराँचीबाट आएको पिआईए उडान नम्बर पीके ३०६ को ए ३२०–२०० विमानले अगाडिको एउटा पाङ्ग्राको भरमा अवतरण गरेको थियो । कराँचीबाट राति ८ बजे उडेको उक्त विमान लाहोर विमानस्थलमा राति सवा ९ बजे अवतरण गरेको थियो ।
बुध्द एअरले एउटा पाङ्ग्रा जनकपुरको विमानस्थलमा छाडेजस्तै पिआईएको एउटा पाङ्ग्रा दुबै विमानस्थलमा फेला नपरेको समाचारमा उल्लेख छ । अवतरणपछि उक्त विमानलाई ग्राउण्डेड गरिएका कारण लगत्तैको मस्कट उडान रध्द भएको थियो ।
बुद्ध एअरको फागुन २२ गते दिउँसो जनकपुरबाट काठमाडौंका लागि उडेको एटिआर विमान अगाडिको एउटा पाङ्ग्रा उतै खसालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानलाई पार्किङ एरियामा ल्याएपछि एउटा पाङ्ग्रा नभएसङ्गै उक्त तथ्य बाहिरिएको हो ।
टिप्पणीहरू