लाइसेन्स नवीकरण गर्न ठेकेदारलाई सूचना

लाइसेन्स नवीकरण गर्न ठेकेदारलाई सूचना
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले निर्माण व्यवसायीलाई इजाजतपत्र (लाइसेन्स) नवीकरण गर्न भनेको छ । महानगरमा दर्ता कायम रहेका ‘घ’ वर्गका निर्माण व्यवसायीलाई चैत मसान्तभित्र लाइसेन्स नवीकरण गर्न सूचना गरिएको हो । 

नवीकरणका लागि प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको तीन महिनाभित्र कर चुक्ता प्रमाणपत्र तथा फर्म वा कम्पनीको दर्ता नवीकरण र आवश्यक दस्तुर तिरेको कागजातसहित निवेदन पेश गर्नुपर्ने महानगरको भनाइ छ । 

यसरी निवेदन पेश गर्दा पासबुक भरी अघिल्लो आर्थिक वर्षमा कम्पनीले गरेको कामको प्रगाति विवरण पनि पेश गर्नुपर्छ । पासबुक विवरण अद्यावधिक नगर्ने कम्पनीको लाइसेन्स नवीकरण गर्न महानगर बाध्य नहुने स्पष्ट पारिएको छ । साथै, तोकिएको समयावधिभित्र इजाजतपत्र नवीकरण नगरिएमा लाइसेन्स स्वतः खारेज हुने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू