नेपाल प्रहरीमा वरिष्ठ नौ रिक्त,माथि एक नियुक्त

आजदेखि रिक्त हुने प्रहरी महानिरीक्षकमा आजै बस्ने क्याबिनेट बैठकले तीन जना एआईजीमध्येबाट एक जनालाई नियुक्ति गर्दैछ । वरिष्ठता, कार्यकुशलता र कार्यक्षमतालाई ध्यानमा राखेर सरकारले दीपक थापालाई प्रहरी संगठनको जिम्मेवारी दिने सम्भावना बलियो देखिँदै छ । थापासँगै अन्य दुई जना एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ पनि प्रतिस्पर्धी हुन् ।
आजदेखि महानिरीक्षक बसन्तबहादुर कुँवरसहित नौ जना उच्च अधिकृतहरुले एकैसाथ अवकाश पाउँदै छन् । अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राई,कुवेर कडायत,बुद्धि गुरुङ,दुर्गा सिंह र जनक भट्टराई पनि आजैदेखि अवकाशमा जान लागेका छन् ।
डिआईजीहरु गणेश चन्द,भोला रावल र ध्रुवराज राउत पनि आजका मितिदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।
टिप्पणीहरू