निर्वाचनको अघिल्लो दिन क्याम्पसमा तालाबन्दी

निर्वाचनको अघिल्लो दिन क्याम्पसमा तालाबन्दी
सुन्नुहोस्

नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्सपमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा भोलि हुने निर्वाचनको पूर्व सन्ध्यामा बागी उम्मेदवार बनेका नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका विवेक बानियाँले विभिन्न मागसहित हिजो राति क्याम्पसमा ताला लगाएपछि ताला खोल्नुपर्ने माग गर्दै अनेरास्ववियुको विरोध प्रदर्शन भएको बताइन्छ ।

अखिलका विद्यार्थीहरुले नेविसंघविरुद्ध नाराबाजी गरेका छन् । मर्यादित र शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न गर्न उनीहरुले निर्वाचन समितिको ध्यानाकर्षण समेत गराएका छन् । 

उता नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले पनि ताला लगाएका उम्मेद्वार बानियाँलाई कारबाहीको माग गरेको छ । क्याम्पसमा तोडफोड, तालाबन्दी र हातपात गर्नेलाई तत्काल कारबाही गर्न हिजो शिक्षा मन्त्रालयले दिएको निर्देशनबारे अवगत गराउँदै क्रान्तिकारीले बानियाँलाई कारबाही गर्नैपर्ने बताएको छ ।

टिप्पणीहरू