सिंहदरबारमा दर्ज्यानी, नक्सालमा पदबहाली

सिंहदरबारमा दर्ज्यानी, नक्सालमा पदबहाली

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह सचिव गोकर्णमणि दुवाडीले मन्त्रालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । 

गृह मन्त्रालयमा बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको सट्टा पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताए । समाजमा अमनचयन कायम राख्दै कानूनी राज्यको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको थापाको भनाइ छ ।

नेपाल प्रहरीका ३१ औं महानिरीक्षकमा नियुक्त थापाले दर्ज्यानी चिन्ह लगाएपछि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदबहाली गरेका हुन् ।

टिप्पणीहरू