प्रभुद्वारा प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार

सुन्नुहोस्

स्वतन्त्र सांसद प्रभु साहले 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम बहिष्कार गरेका छन् ।  

अघिल्लोचोटिको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपेक्षामा परेका उनी कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै संसद बैठकबाट बाहिरिएका हुन् । त्यसअघि प्रभुले प्रश्नोत्तर कार्यक्रमलाई प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन मागसमेत गरेका थिए । तर, उनको माग पूरा भएन । 

अहिले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा प्रभुले सोधेको प्रश्नमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले जवाफ दिन अस्वीकार गरेका थिए ।  

युवा पलायन, प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणलगायत समसामयिक विषयमा आठ वटा प्रश्न सोधेका उनलाई प्रधानमन्त्रीले मञ्चबाटै झपारेका थिए ।

टिप्पणीहरू