स्वास्थ्य क्षेत्रका केही बैंककमा पुरस्कृत हुँदै

थाइल्याण्डको प्रतिष्ठित ‘द प्रिन्स महिदोल फाउन्डेसन’ ले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका नेपाली नागरिक तथा संघसंस्थालाई अवार्ड दिने भएको छ । औषधि तथा सार्वजनिक स्वास्थ्य सेवामा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई फाउन्डेसनले अवार्ड प्रदान गर्न लागेको जनाइएको छ ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्य व्यक्ति तथा संस्थालाई आवेदनको निम्ति आह्वान गरेको छ । मन्त्रालयको सूचनामा भनिएको छ, ‘थाइल्याण्डको प्रतिष्ठित ‘द प्रिन्स महिदोल फाउन्डेसन’ ले प्रिन्स महिदोल अवार्ड, २०२५ का लागि मेडिसिन र पब्लिक हेल्थ गरी दुई क्षेत्रमा प्रदान गर्ने अवार्डमा औषधी तथा सार्वजनिक सेवाका क्षेत्रमा शोधकार्य तथा उल्लेखनीय योगदान पुर्याउन सफल व्यक्ति, संस्थाहरु मनोनयन गर्न अनुरोध गरेको थाई राजदूतावास, काठमाडौंको जानकारी प्राप्त भएकोले योग्य व्यक्ति, संस्थाले आवेदन दिनुहुन अनुरोध छ ।’
फाउन्डेसनको वेबसाइटबाट अनलाइन वा आफू कार्यरत संघ, प्रदेश र स्थानीय तहको सम्बन्धित निकायमार्फत नियमानुसार आवेदन दिन सकिन्छ ।
टिप्पणीहरू