क्रिष्टलमा दक्षिण एसियाली किसानहरुको जमघट

क्रिष्टलमा दक्षिण एसियाली किसानहरुको जमघट
सुन्नुहोस्

दक्षिण एसियाली मुलुकका किसानहरु काठमाडौंमा भेला भएका छन् । अखिल नेपाल किसान महासंघको कार्यक्रममा सहभागी हुन भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका किसान प्रतिनिधि यहाँ आएका हुन् । 

हासंघले आयोजना गरेको किसान सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । गौशाला, पिङ्गलास्थानस्थित क्रिस्टल होटलमा जारी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरअघि उद्घाटन गर्नुभएको छ । 

सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दङ्गाल, एमाले महासचिव शंकर पोखरेल, महिला किसान संघकी अध्यक्ष सरिता भुसाल सहभागी छन् । श्रीलंकाका सुभासिनी दिपा कमलनाथ, बंगलादेशका बोक्तियार हुसेन, अब्दुल आलम, निभाई गङ्गुली, भारतका रामायण सिंह, पुरुषोत्तम शर्मा र पाकिस्तानका तारिख मोहम्मदको सम्मेलनमा प्रतिनिधित्व छ ।

टिप्पणीहरू