महानगरको ‘ब्रेथलाइजर मेशिन’, ट्राफिकको मापसे परीक्षण

महानगरको ‘ब्रेथलाइजर मेशिन’, ट्राफिकको मापसे परीक्षण

पोखरा महानगरपालिकाले सडक सुरक्षाको फ्रन्टलाइनमा खटिने ट्राफिक प्रहरीलाई मापसे परीक्षणको निम्ति ‘ब्रेथलाइजर मेशिन’ प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयलाई तीन थान ब्रेथलाइजर मेशिन हस्तान्तरण गरिएको छ । 

साढे तीन लाख रुपैयाँ मूल्यको उक्त मेशिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा हुनसक्ने दुर्घटना न्यूनीकरणमा प्रयोग गर्न लागिएको महानगरले जनाएको छ । मेशिनको सहायतामा चालकले मापसे गरे वा नगरेको पत्ता लाग्ने भएकाले चालक र सवारी सुरक्षामा यो उपयोगी मानिन्छ । महानगरले ट्राफिक व्यवस्थापनका लागि मुख्य चोकहरुमा ट्राफिक लाइट, सिसिटिभी क्यामरा, स्मार्ट सडक बत्ती जडानलगायत कार्यमा पनि सहयोग गर्दै आइरहेको छ ।

टिप्पणीहरू