धुलिखेलमा नाराबाजी, राजमार्ग ठप्प

धुलिखेलमा नाराबाजी, राजमार्ग ठप्प
सुन्नुहोस्

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेल–खावा सडक बेलैमा सम्पन्न नभएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । मध्यान्हबाट शुरु भएको  विरोधले अरनिको राजमार्ग बन्द भएको छ । 

करिब ४ किलोमीटर मुख्य राजमार्ग लामो समयदेखि निर्माण नहुँदा यात्रु, स्थानीय र सवारी चालकहरुल सास्ती खेप्नु परेको छ । पछिल्लो समय ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि निर्माण कार्य ठप्प भएको हो ।

टिप्पणीहरू