बलात्कारको शिकार भए बालक

बलात्कारको शिकार भए बालक

बालिका बलात्कारका घटना दिनदिनै सुन्छौं । तर, बालक बलात्कार भएको घटना भने नौलो हो । यस्तै घटना इलाममा घटेको छ । इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा एउटा यौनपिपासुले यसै हप्ता पाँच वर्षीय बालकलाई बलात्कार गरेर फरार भएको छ ।

झापा दुधे घर बताउने अन्दाजी २८ वर्षका ती युवाले स्थानीय एक बालकलाई ललाई फकाई कोठामा लगेर गुद्वार मैथुन गरेका थिए । बालक घाइते छन् । उनको गुद्वारबाट रक्तश्राव भएपछि इलाम अस्पतालमा सामान्य उपचार गरिएको थियो । पीडितले जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिएका छन् । अभिभावकले प्रहरीलाई ढिला उजुरी गरेका कारण झापा दुधे घर भएका सुरेन्द्र भनिने खेगेन योङ्या भने फरार भएका छन् ।

बिब्ल्याँटे बजारमा डेरा लिएर मजदुरी गर्दै आएका खेगेनले अन्य बालकहरू माथि पनि यौन दुराचार गर्ने गरेको खुलेको छ । पाँचदेखि १० वर्षका बालकलाई खानेकुरा किनिदिने र आफूसँगै हिँडाउँदै आएका उनले अन्य दुई बालकसँग पनि यौनजन्य क्रियाकलाप गरेका थिए । प्रहरीले खोजी गरिरहेको तर हालसम्म पक्राउ गर्न नसकिएको जनाएको छ । स्थानीयका अनुसार बालकहरूले उनले मिठाई, जुस र खेलौना दिएर कहिले कोठमा त कहिले जंगलतिर घुमाउन लैजाने गर्दै आएका थिए ।

टिप्पणीहरू