सर्वोच्चमा बालुवाटारका कुरा

सर्वोच्चमा बालुवाटारका कुरा

ललिता निवास र प्रधानमन्त्री निवास बालुवाटारको जग्गा प्रकरणमा कानुनतः भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई नतानिएपछि जसरी पनि तान्नुपर्ने भन्दै अधिवक्ता वालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज सर्वोच्चको पेशीमा चढेको छ ।

यता,नेकपाभित्रको अन्तरबिरोध चरमोत्कर्षमा पुगेको बेला न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा चौथो नम्बरमा रहेको उक्त रिटलाई चासोका साथ हेरिएको छ । त्यसमा पनि एकजना श्रीमान् गतसाता मात्रै नेकपा उपाध्यक्ष वामदेव गौतमबिरुद्धको रिटउपर अन्तरिम आदेश जारीमध्येका एक भएकाले पनि बालुवाटारको जग्गा प्रकरणलाई नेकपाको अन्तरबिरोधसँग गाँस्न बल मिलेको हो ।

न्यौपानेले गत माघ २९ गते दायर गरेको रिट पेशीमा चढेपनि बहसको पालो आज आउनसक्ने सम्भावना अत्यन्त कम रहेको बताइन्छ ।

टिप्पणीहरू