नयाँ विदेशमन्त्रीमा टोनीको सम्भावना
अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले एन्टनी जोन ब्लिन्केन अर्थात् टोनी ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने प्रवल सम्भावना रहेको छ । राष्ट्रपति बाराक ओबामाको कार्यकालमा दुई वर्ष उप विदेशमन्त्री रहेका ५८ वर्षीय ब्लिन्केनले क्लिन्टन प्रशासनको समयमा पनि सोहि मन्त्रालयमा थिए ।
उनी सन् २०१३ देखि २०१५ सम्म राष्ट्रपति बाराक ओबामाको उप राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत थिए । त्यसअघि अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन तथा रणनीति केन्द्रमा वरिष्ठ अधिकृत र सिनेटको विदेश सम्बन्ध समितिमा डेमोक्रयाटिकको तर्फबाट निर्देशकसमेत रहिसकेका छन् । उनी पछिल्लो चार वर्षदेखि सीएनएनको विदेश मामिला विज्ञको रूपमा समेत कार्यरत छन् ।अमेरिकी क्याबिनेटमा विदेश मन्त्री र रक्षा मन्त्रीलाई राष्ट्रपतिको सबैभन्दा महत्वपूर्ण सल्लाहकारको रूपमा लिइन्छ ।
टिप्पणीहरू