हार स्वीकार्न ट्रम्प तयार, बाइडेनको टिम तयार

हार स्वीकार्न ट्रम्प तयार, बाइडेनको टिम तयार

अमेरिकी जनरल सर्भिस एडमिनिस्ट्रेशनका प्रशासक एमिली मर्फीले सोमबार राष्ट्रपतिमा निर्वाचित जोसेफ आर बाइडेन जुनियरलाई औपचारिक रूपमा राष्ट्रपति पदको विजेता घोषणा गरेका छन् । यता निर्वाचनमा पराजित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अन्ततः निर्वाचन परिणाम स्वीकार्न तयार भएका छन् । मर्फीको घोषणासँगै अब निर्वाचित घोषित राष्ट्रपतिले सरकारी कोषबाट खर्च ब्यहोर्ने गरी आफ्ना सल्लाहकारहरू नियुक्त गर्न बाटो खुलेको छ । आगामी दुई महिनासम्म बाइडेनको त्यहि टोलीले वर्तमान सरकारसँग आवश्यक समन्वय पनि गर्नेछ ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले जनवरी २० तारिखका दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नयाँ राष्ट्रपतिको औपचारिक कार्यकाल शुरु हुनेछ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिलाई त्यहाँका प्रधानन्यायाधीशले शपथ गराउने छन् ।

नयाँ सरकार गठनको तयारी र ट्रम्प प्रशासनसँग समन्वयको लागि बाइडेनले केही मन्त्री र सल्लाहकार तय गरेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकाको आगामी विदेश मन्त्रीमा एन्टोनी ब्लिन्केन र आन्तरिक ९गृह० मन्त्रीमा अलेजान्द्रो मेयोरकासलाई चयन गरिएको छ ।

त्यसैगरी एभ्रिल हेन्सलाई नेशनल इन्टिेलिजेन्सको निर्देशक,लिण्डा थोमस ग्रिनफिल्डलाई राष्ट्रसंघको लागि राजदूत,जेक सुलिभानलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र पूर्व विदेशमन्त्री जोन केरीलाई जलवायु परिवर्तनसम्बन्धी राष्ट्रपतिको विशेष दूतमा नियुक्त गरिएको छ । यी सबैले आगामी जनवरी २० देखि मात्र औपचारिक जिम्मेवारी सम्हाल्नेछन् ।

टिप्पणीहरू