बेलायतमा इतिहास रच्दै नेपाली चेली
२७ वर्षकी दन्त चिकित्सक अंशु गुरुङ्ग बेलायती सेनाको उच्च पदमा पुग्ने नेपाली युवती बनेकी छन् । रोयल मिलिटरी एकेडेमी स्ट्यान्डहर्स्टबाट अस्ति शनिबार १० हप्ते तालिम पूरा गरेपछि अंशुले क्याप्टेनको फुली लगाएकी हुन् । गतवर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सकको अध्ययन पूरा गरेपछि अंशु बेलायती सेनामा प्रवेश गरेकी थिइन् ।
कास्कीको पोखरा महानगरपालिका–२२,भुम्दी घर भएका गोर्खा राईफल ६ का अवकाशप्राप्त ‘कलर सार्जेन्ट’ अमर र श्रीमती सुकु गुरुङकी कान्छी छोरी अंशुको परिवार बेलायतमा बस्दै आएको छ । निकै प्रतिष्ठित महावीरचक्र पदक प्राप्त गरेका उनका हजुरबुबा रामप्रसाद गुरुङ भने भारतीय सेनाबाट अवकाश प्राप्त हुन् ।
टिप्पणीहरू