नेकपा (माओवादी केन्द्र) ले गोपाल किराँतीलाई हटायो
नेकपा (माओवादी केन्द्र) को छैठौं केन्द्रीय बैठक तथा विशेष भेलाले निवर्तमान अध्यक्ष तथा गोपाल किराँती र विपश्यना सिद्वान्त मान्नेहरू सबैलाई पार्टीबाट हटाएको छ । किराँतीमा वैचारिक स्खलन आएपछि सल्लाहकार समितिमा राखिएको र त्यसपछि पनि संगठनात्मक अराजकतावादी हर्कत देखाएपछि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताइएको छ ।
मंगलबार बौद्वस्थित याङ्ग्रीमा हिल सिटी होटलमा भएको बैठक तथा भेलाले महासचिव कर्णजीत बुढाथोकीलाई अध्यक्ष,तिलक थापा मगरलाई वरिष्ठ नेता र रंगनाथ ढकाललाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको बताइएको छ । भेलाले पुरानो कार्य समितिका गोपाल किराँतीबाहेक अरु सबैलाई पार्टी प्रवेशको लागि समेत खुला राख्ने निर्णय गरेको छ ।
टिप्पणीहरू