अर्की नेपाली चेली पनि बेलायतमा पुरस्कृत

अर्की नेपाली चेली पनि बेलायतमा पुरस्कृत

प्रख्यात फेशन डिजाइनर संयुक्ता श्रेष्ठ बेलायतको ‘एडिटर्स च्वाईस पुरस्कार २०२०’ बाट पुरस्कृत भएकी छन् । विशेषगरी बेहुलीको पहिरनसँग सम्बन्धित डिजाइनहरूको लागि प्रदान गरिने उक्त पुरस्कारलाई बेलायत र विश्वभरि नै निकै सम्मानित मानिन्छ । उनले उक्त पुरस्कार गत सेप्टेम्बरमा पाएकी हुन् ।

आयोजक संस्था ब्राइडल बायरका अनुसार श्रेष्ठको डिजाइनमा देखिएको परिश्रम,मेहनत र शिल्पीकारिताका कारण नै उनलाई विजयी घोषणा गरिएको हो । पुरस्कृत श्रेष्ठले भने पुरस्कारको घोषणाले आफूलाई समुदायमा रहेका विपन्न वर्गका मानिसलाई थप सहयोग गर्न प्रेरणा मिलेको बताएकी छन् ।

संयुक्ताले आफ्नो पेशासँगै कोभिड–१९ को महामारीपछि बेलायतमा रहेका घरवारविहीन बेलायती नागरिकलाई समेत पुनर्प्रयोग गर्न मिल्ने कपडाको मास्क बनाएर क्राइसिस युके नामको च्यारिटी संस्थामार्फत वितरण गरिरहेकी छन् । उनले यसबीचम नेपालस्थित आमाको घर नामको संस्थालाई पनि त्यस्तै मास्क र खानेकुरासमेत उपलब्ध गराएकी बताइन्छ ।

टिप्पणीहरू