तराई मुक्तिमोर्चालाई राजासहितको हिन्दू राष्ट्र चाहियो
जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन–२०७७’ घोषणा गर्दै राष्ट्रिय स्वाधिनता,एकता,स्वतन्त्रता,पहिचान, गौरव,इतिहास,धर्म,संस्कृति,परम्परालाई संरक्षण एवम् प्रवर्धन गर्न राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरेको छ ।
मोर्चाले २०४६ सालको परिवर्तनलाई तथाकथित परिवर्तनको संज्ञा दिँदै त्यसपछि मुलुकमा वैदेशिक हस्तक्षेप,भ्रष्टाचार,राज्य आतंक,कुसंस्कार,अनियमिततालगायतका बेथिति भित्रिएको आरोप लगाएको छ । उसले १२ बुँदे दिल्ली सम्झौता र बृहत शान्ति सम्झौतालाई समेत दूरगामी वैदेशिक षडयन्त्रको उपज भन्दै संघर्षका कार्यक्रम र आधिकारिक नाराहरू तय गरेको छ ।
मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झाको तर्फबाट मंसीर १० गते जारी विज्ञप्तिमा १३ वटा नारा तय गरिएको छ । त्यस्तै,अन्तर संगठन निर्देशन एवम् संघर्षका कार्यक्रमअन्तर्गत यहि मंसीर मसान्तसम्म जनजागरणका विविध कार्यक्रम सञ्चालन गर्नेसमेत बताइएको छ ।
टिप्पणीहरू