बेलायतबाट गोर्खालाई स्वास्थ्य सामाग्री

बेलायतबाट गोर्खालाई स्वास्थ्य सामाग्री

ग्लोबल गोरखा समाजले गोरखा जिल्लाका ११ स्थानीय तहलाई कोभिड–१९ बाट जोगिन प्रयोग गरिने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समाजले गोरखा र पालुङटार नगरपालिकाका साथै चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

समाजले वितरण गरेको ११ लाख ७६ हजार ८ सय रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री अन्तर्गत ११ स्थानिय तहलाई १३ हजार थान मास्क र ३० थान थर्मल गन, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र पत्रकार महासंघ गोरखा शाखालाई समेत गरी १९ हजार थान मास्क र २१ थान थर्मल गन उपलब्ध गराएको छ ।

टिप्पणीहरू