सतहत्तर बर्षिय बृद्धको प्याराग्लाईडिङ्ग यात्रा !

सतहत्तर बर्षिय बृद्धको प्याराग्लाईडिङ्ग यात्रा !

‘इच्छा भए उमेरले रोक्दैन’ भन्ने  उखानलाई चरितार्थ गर्दै गुल्मी मदाने सात भनभनेका युवराज घिमिरेले सतहत्तर बर्षको उमेरमा मंसिर ७ गते पोखराको सराङ्गकोट देखि फेवाताल किनारासम्म उत्साहका साथ करिब ४५ मिनेट प्याराग्लाईडिङ्ग यात्रा गरेका छन् ।

जमिनमा मात्र हैन ४५ मिनेट यात्रामा घिमिरले प्याराग्लाईडिङ्ग गरिरहँदा आकाशमा भजन र गीत गाएर, नाचेर निकै रमाइलो गरेको प्यारापाइलट राम प्रसाद गौतमले बताए । यस्तो उमेरमा पनि वहाँमा यस प्रकारको जाँगर र ईच्छा शक्ति देख्दा आफु चकित भएको उनले भने । उहाँको प्याराग्लाईडिङ्ग यात्राले पुरानो पुस्तामा पनि एक प्रकारको प्याराग्लाईडिङ्ग मोह र आकर्षण बढनुका साथै आन्तरिक पर्यटनमा पनि निकै सहयोग पुग्ने ब्लु स्काई प्याराग्लाईडिङ्ग प्रा.लि.का सञ्चालक नारायण प्रसाद पराजुलिले बताए ।

यो उमेर समुहकालाई प्याराग्लाईडिङ्ग यात्रा गराउदा स्वास्थ्य संवेदनसिलतामा पनि उत्तिकै ध्यान दिने गरेको सञ्चालकले बताएका छन् । उत्साहका साथ प्याराग्लाईडिङ्ग गर्नु भएका घिमिरेले यो क्षणलाई जीवनकै अविष्मरणिय सम्झनु भएको छ । २००१ सालमा गल्मीको भनभनेमा जन्मनु भएका घिमिरे विगत सात बर्षदेखि परिवार सहित रुपन्देहिको बुटवलमा बस्दै आउनु भएको छ ।

हेर्नहोस् भिडिओ –

टिप्पणीहरू