दोहोरो मापदण्ड देखियो देशमा
जब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक वा वाह्य राजनीतिमा अप्ठेरोमा पर्नुहुन्छ तब ‘अधिकारवादी तथा नागरिक अगुवाहरूको एउटा टोली’ फ्याट्ट समर्थन गर्दै निस्कने गरेको छ । बिहीबार प्रधानमन्त्रीको समर्थनमा १३ जनाको ‘नागरिक समाज’ टोलीले निकालेको विज्ञप्तिको ड्राफ्ट कनकमणि दीक्षित र सुशील प्याकुरेलले गरेको बताइन्छ । पहिले यो टोली नागरिक अगुवा र मानव अधिकारको क्षेत्रमा सक्रिय ।
उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिको सार भनेको ‘प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई केही गर्न खोज्नेहरूले पार्टीबाट नभई संसदीय दलबाट गर’ भन्नु हो भन्ने खुमलटार निकटहरूको बुझाई छ । सबैभन्दा रमाइलो पक्ष त के भने नितान्त नेकपाभित्रको आन्तरिक विषयमा यसरी खुलेर बोल्नेहरूमा केहीचाहिँ ‘न भुतो,न भविष्यका कम्युनिष्ट’ छन् । बरु बिगतमा कम्युनिस्ट दर्शनको कटु आलोचना नै गर्ने गरेको पाइन्छ ।
बेलायतलगायत पश्चिमा मुलुक तथा अष्ट्रेलियामा हालै प्रधानमन्त्री फेरबदल हुँदा पार्टीको संसदीय दलले निर्णय गरेको उक्त समूहको बुझाइ छ । विशेषगरी पश्चिमा राजनीति,अर्थनीति र रणनीतिलाई अंगालेकाहरूले त्यसो भन्नु कुनै गल्ती पनि होइन । यतिखेर मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ । त्यसपछि नेकपा अध्यक्ष र अनि मात्र संसदीय दलको नेतामा नियुक्त भएर प्रधानमन्त्री बन्नुभएको हो ।
अहिलेसम्म मनमोहन अधिकारीदेखि जति पनि कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री बने ती सबैलाई सबैभन्दा पहिले पार्टीले मनोनयन गर्ने निर्णय गरेपछि मात्रै संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।
नेकपा सचिवालयको बैठक बस्नुभन्दा दुई दिनअघि आएको अधिकारवादीहरूको वक्तव्यको मूल चासो जनयुद्धका कमाण्डर तथा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको पूर्व समूहले पाएको राजनीतिक र प्रशासनिक हैसियतप्रतिको असन्तुष्टि भएको स्रोतको दाबी छ । बैठकअघि केही न केही झटारो हान्ने क्रममा निस्किएको उक्त विज्ञप्ति शनिबारको बैठकमा प्रधानमन्त्रीको लागि ‘सञ्जिवनी बुटी’ साबित हुनसक्ने बताइएको छ ।किनकि यसमा पहिलेदेखि उठ्दै आएको “हेग” लाने कुरासमेत अन्तर्यमा देख्न सकिने कतिपयको ठहर छ ।
अहिले राष्ट्रिय राजनीतिलाई वेष्ट मिनिष्टर शैलिमा रूपान्तरण गर्न मरिमेट्नेहरूले के भुलेका छन् भने नेपालको राजनीतिमा देखिएको उतार चढाव वाह्य भन्दापनि पार्टीभित्रको कलहले उत्पन्न भएका हुन् ।
पहिले पहिलेका यस्तै विज्ञप्तिको संयोजन हालै शीतल निवासमा सञ्चारबिज्ञ नियुक्त जर्मन दूतावासबाट हालै बिदा लिएका टीका ढकालले गर्ने गरेको बताइन्छ । अहिले पनि उक्त टिमलाई भित्रबाट उनै पूर्वेली ढकालले सहयोग गरेको स्रोतको दाबी छ । चार दिनअघि सबैलाई प्रेस विज्ञप्तिको बारेमा जानकारी कनकमणिले गराएका थिए । त्यति नै बेला उक्त टिमका केही ‘फरवार्डहरू’ ले विज्ञप्तिको ड्राफ्ट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई भेटेरै देखाएको बताइन्छ ।
अहिले राष्ट्रिय राजनीतिलाई वेष्ट मिनिष्टर शैलिमा रूपान्तरण गर्न मरिमेट्नेहरूले के भुलेका छन् भने नेपालको राजनीतिमा देखिएको उतार चढाव वाह्य भन्दापनि पार्टीभित्रको कलहले उत्पन्न भएका हुन् । चाहे त्यो नेपाली काँग्रेसको छत्तिसे र चौहत्तरेको सवालमा होओस् वा तत्कालीन एमालेमा उत्पन्न परिस्थितिको बारेमा । गिरिजाप्रसाद कोइराला सबैलाई लत्याएर एक्लै अघि बढ्न खोजे र पछि देउवाले पनि त्यसै गरेपछि काँग्रेसमा उक्त परिस्थिति उत्पन्न भएको थियो ।
त्यसैगरी,तत्कालीन एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णय नमानेको भन्दै केही वर्षअघि हालका प्रधानमन्त्री ओलीको अगुवाईमा हालका राष्ट्रपति विद्यादेवी भण्डारी,शंकर पोखरेललगायतका नेताहरूले खुलेर लिखित बिरोधपत्र दर्ज गर्नुभएकै थियो । तत्कालीन माओवादीलाई खनालले गृह र रक्षा मन्त्रालय दिने निर्णय नसच्याएमा बहुमतको निर्णयले जे पनि गर्ने चेतावनी बिरोधपत्रमा स्पष्टसँग लेखेर दिइएको थियो ।
खनाल सरकार गठन भएको तीन महिना नपुग्दै अहिलेका प्रधानमन्त्रीले उक्त सरकार तत्काल हटाउन पर्ने भनेर भाषण नै गर्नुभएको थियो । त्यसैगरी खनाल सरकार सितिमिती तरिकाले नढल्ने भएपछि काँग्रेस नेता शेखर कोइरालालाई बोकेर उहाँ स्वयम् नयाँ दिल्लीमा १५ दिन बसेको पनि सबैले देखेकै थिए ।
तर,अहिले अरुले आफूबिरुद्ध मोर्चाबन्दी गर्दा बेठीक हुने दोहोरो मापदण्ड भएको पार्टीका अन्य नेताहरूको जिकीर रहँदै आएको छ । त्यतिबेला अहिलेको नागरिक समाजका अधिकांश सदस्य मौन बसेका थिए । किनकि उनीहरुले त्यतिबेला उक्त प्रवृत्तिको बिरोध गर्नुको आवश्यकता नै देखेनन् । किनभने त्यतिबेलाको प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थेन ।
टिप्पणीहरू