डान्स बार खोलाउन दवाव

डान्स बार खोलाउन दवाव

दोहोरी साँझ, डान्स बार र रात्रीकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले नौ महिनादेखि ठप्प आफ्नो व्यवसाय पूर्ववत्  सञ्चालनको अनुमति माग गर्दै हिजो दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

 प्रतिबन्ध कायमै राखेकोले आफ्नो पेशा र दैनिकी नै चौपट हुन थालेको बताएका छन् ।

समिति संयोजक विनोद श्रेष्ठको नेतृत्वमा गएका झण्डै चार दर्जन व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनमा सरकार उदासीन देखिएपछि ज्ञापनपत्र बुझाउन बाध्य भएको बताएका छन् ।

उनीहरुले पछिल्लो समय सरकारले सबै खालका व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि रात्रीकालीन दोहोरी साँझ तथा डान्स बारहरुमाथिको प्रतिबन्ध कायमै राखेकोले आफ्नो पेशा र दैनिकी नै चौपट हुन थालेको बताएका छन् ।

टिप्पणीहरू