मेची-महाकालीका बुहारी एकजुट

मेची महाकाली बुहारी संयुक्त आवाजले महिला तथा बालबालिका हिंसा,हत्या र बलात्कारका घटनामा अपराधीले उन्मुक्ति पाउँदा पीडित पक्ष न्यायको लागि रुँदै हिँड्नुपरेको भन्दै विद्यमान कानुन र प्रशासनिक संरचना सच्याउन जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत् बिहीबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

कानुनको पूर्ण पालना र कार्यान्वयन नभएको उल्लेख गर्दै ज्ञापनपत्रमार्फत निर्मला पन्तदेखि सुस्मिता,करुणा,सम्झना,सज्जा र गुलाब खातुनले किन ज्यान गुमाए ? भनेर जिज्ञासा राखिएको छ । सभ्य समाजमा यस्ता जघन्य अपराधको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै आवाजले हालै बर्दिबासमा भएको बालिका गुलाब खातुनको बलात्कारपछिको हत्याको निष्पक्ष छानबीनको माग गरेको छ ।

टिप्पणीहरू