सरकारी जागिर, नक्कली नियुक्ति
नेपाल वायुसेवा निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गोको कामसँग सम्बन्धित रिक्त पदमा करारमा नियुक्ति दिलाइदिने भन्दै फेरि ठगी भएको छ । यसअघि काठमाण्डौको एसपीमा केदार रिजाल र आइजिपी रविन्द्रप्रताप शाह हुँदा पनि शानेवानिकै इन्जिनियरिङ डिपार्टमेन्टमा यस्तै ठगी भएको थियो । तर,त्यो सँस्थामा यसखाले ठगी रोकिएन । यसपालीका ठगचाहि सुरेशकुमार महतो हुन् । उनले विभिन्न व्यक्तिलाई निगमको नक्कली लेटरप्याडमा नक्कली व्यहोरा उल्लेख गरी आफैँले शाखा अधिकृतको दस्तखत गरी दिएको करार पत्रको आधारमा व्यक्तिपिच्छे ६५ हजारदेखि २ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको हो ।
गत चैतमा लकडाउन शुरु हुनुभन्दा केही समयअघिका विभिन्न मितिमा जारी ती नियुक्तिपत्रमा विभिन्न व्यक्तिलाई भिन्दाभिन्दै पद र स्थानमा नियुक्ति दिइएको उल्लेख गरिएको छ । महतोले बनाएको लेटर प्याडमा निगमको आफ्नै लोगोको सट्टा नेपाल सरकारको निशान छाप,निगमको छापसँग छेउ टुप्पो नमिल्ने स्ट्याम्प (छाप) र निगममा हुँदै नभएको पद उल्लेख गरिएको देखिन्छ ।
टिप्पणीहरू