रमेश प्रसाईंको लगन जुर्यो
राजनीतिक र सामाजिक विषयमा चर्को बोलेर र टिप्पणी गरेर चिनिएका रमेश प्रसाईं हिजोआज जमानाको चर्चित नेपाली ‘रिंकेबुङको राँगो’ गीत गाएपछि झन हिट भएका छन् । केही समयअघि कल्पना दाहालसँग ‘सेक्सी पाराले’ लोकदोहोरी गाएपछि एकाएक चर्चामा आएका थिए । ताप्लेजुङमा जन्मिएका तिनै रमेशको बिहे यहि मंसिर २२ गते सोमबार धरानमा कालिकोटकी नन्दा सिंहसँग हुने भएको छ ।
तीन वर्षदेखि रमेशसँग प्रेम सम्बन्धमा रहेकी नन्दाले काठमाडौंमा दृष्टि नामको संस्थामार्फत् अनाथ बालबालिकाको सेवा गर्दै आएकी छिन् । स्नातक अध्ययन गरेकी उनले श्रीलंकामा भएको नेत्रहीनहरुको क्रिकेट प्रतियोगितामा समेत भाग लिएकी थिइन् ।
टिप्पणीहरू