आजको क्याबिनेट : डेढ दर्जन एजेण्डा एक घण्टामा चट्
आज राष्ट्रपतिले बिहान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र साँझ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभयो । आजै यता बालुवाटारमा प्रधानमन्त्रीले क्याबिनेट बैठक पनि बोलाउनुभयो । सामान्यतयाः हप्ताको दुई चोटी सोमबार र बिहीबार क्याबिनेट बैठक बस्ने भनिए पनि केही समयदेखि नियमित हुन सकेको छैन ।
आजको बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा रिक्त सचिवमा प्रेम कँडेललाई लैजाने निर्णय गरेको छ । बैठकमा झिनामसिना गरी झण्डै डेढ दर्जन एजेण्डा रहेको बताइन्छ । कुनै एउटा गाउँपालिकामा रहेको विद्यालयको जग्गामध्ये केही भाग प्रहरीलाई उपभोग गर्न दिनेदेखि मन्त्रालयको कार्यविधि संशोधनको प्रस्तावसमेत आजको बैठकले पारित गरेको छ । ती सबै विषय एक घण्टामा सकाइएको थियो ।
आजको बैठकमा प्रधानमन्त्रीले राजनीतिको ‘र’ पनि उच्चारण नगर्नुभएको बताइन्छ । तर,चालु एउटा परियोजनाको लागि प्राप्त नौ अर्ब रूपैयाँको वैदेशिक ऋण भने आजैको बैठकले स्वीकृत गरेको छ ।
टिप्पणीहरू