ओखती बेचेर चीन झन अगाडि: अमेरिका छाडी युरोपमा ब्यापार भरमार
अमेरिकालाई पछाडि धकेल्दै चीन चालु वर्षको तेस्रो त्रयमासमा युरोपियन युनियनको मुख्य व्यापारिक साझेदार बनेको छ । अघिल्लो वर्ष सन् २०१९ को सोही अवधिमा चीन र युनियनबीच ४ खर्ब १३ करोडभन्दा बढी युरोको व्यापार भएकोमा यो वर्ष ४ खर्ब २५ अर्ब ५० करोड युरोको ब्यापार भएको छ । जबकि सँधै मुख्य साझेदार रहँदै आएको अमेरिकासँग यो वर्षको तेस्रो त्रयमासमा ४ खर्ब १२ अर्ब ५० करोड युरोको मात्र कारोबार भएको छ । अघिल्लो वर्ष अमेरिकासँग ४ खर्ब ६१ अर्ब युरो बराबरको व्यापार भएको थियो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ लाई बेलैमा नियन्त्रणमा लिएको कारण चीनले आफ्नो अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारलाई पुरानै लयमा ल्याएको छ । तर,महामारीले अमेरिकाको अर्थतन्त्र र व्यापारमा नराम्रोसँग धक्का लागेको छ । प्राप्त समाचारमा जनाइएअनुसार चीनले यसबीचमा सबैभन्दा धेरै स्वास्थ्य सामाग्री निर्यातबाट वैदेशिक व्यापारमा आफ्नो बर्चस्वलाई कायम राख्न सफल भएको हो ।
टिप्पणीहरू